Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्युजिल्यान्डसँग पराजित भएसँगै श्रीलंका विश्वकपबाट बाहिरियो

न्युजिल्यान्डसँग पराजित भएसँगै श्रीलंका विश्वकपबाट बाहिरियो

बिहिवार , फाल्गुण १४, २०८२

एजेन्सी । श्रीलंका आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ । बुधबार भएको सुपर एटको खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल अगावै बाहिरिएको हो ।

कोलोम्बोमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए । दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ तथा पवन रत्नायकेले १० रन बनाए ।

न्युजिल्यान्डका रचिन रविन्द्रले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए । म्याट हेनरीले २ ओभरमा १ मेडनसहित ३ रन मात्र दिएर २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । कप्तान मिचेल सान्टनर र कोल म्याककन्कीले ८४ रनको साझेदारी गरे । सान्टनरले २६ बलमा ४७ रन बनाए ।

रचिन रविन्द्रले ३२ तथा फिन एलेनले २८ रन बनाए । ग्लेन फिलिप्सले १८ रन जोडे । श्रीलंकाका लागि महीश थीक्ष्णा र दुष्मन्थ चमीरा ले ३–३ तथा दुनिथ वेलालगेले १ विकेट लिए ।

यसअघि श्रीलंका इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । लगातार दुई हारपछि समूह २ मा रहेको श्रीलंका अङ्कविहीन छ ।

सन् २०१४ मा टी–२० विश्वकप जितेपछि श्रीलंका अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छैन । पहिलो जीत निकालेको न्युजिल्यान्ड ३ अङ्कसहित समूह २ को दोस्रो स्थानमा छ । न्युजिल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना कायम छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077