Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईसीसी टी-२० विश्वकपमा आज न्युजिल्याण्ड र श्रीलंका भिड्दै

आईसीसी टी-२० विश्वकपमा आज न्युजिल्याण्ड र श्रीलंका भिड्दै

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन् ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे न्युजिल्याण्डले घरेलु टोलीसँग खेल्दैछ।

सुपर-८ मा श्रीलंका र न्युजिल्याण्ड समूह 'बी' मा छ। दुवै टोलीलाई आजको खेल जित्ने पर्ने दबाब छ।

सुपर-८ को पहिलो खेल वर्षाका कारण रद्द भएपछि न्युजिल्याण्डले पाकिस्तानसँग अंक बाँढेको थियो।

पहिलो खेलमा श्रीलंका इंग्ल्याण्डसँग पराजित भएको थियो।आजको खेल जित्न सके दुवै देशको  सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ ।

यो समूहबाट इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077