Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकप : वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

टी–२० विश्वकप : वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

बिहिवार , फाल्गुण १४, २०८२

एजेन्सी । आईसीसी टी–२० विश्वकपको ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ ।

आज भएको ‘सुपर एट’को खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो ।

दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करामले अविजित ७५ र रायन रिकेल्टनले अविजित ४५ रन बनाए । यस्तै क्विन्टन डे ककले ४७ रन बनाए ।

त्यसअघि भारतको अहमदावादमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

वेस्ट इन्डिजका रोमारियो शेफर्डले अविजित ५२ र जेसन होल्डरले ४८ रन बनाए । यस्तै आजै हुने दोश्रो खेलमा भारत र जिम्बाबे खेल्दैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077