Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश

भारत टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपको ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा पुगेको छ ।

हिजो बेलुकी भएको ‘सुपर एट’को खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनलमा पुगेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो ।

भारतका सञ्जु स्यामसनले अविजित ९७ रन बनाए । त्यसअघि भारतको कोलकातामा टस हारेर ब्याटिङ गरेको वेस्ड इन्डिजले ५ विकेट गुमाएर १ सय ९५ रन बनायो ।

वेस्ट इन्डिजका रोस्टन चेसले सबैभन्दा धेरै ४० रन बनाए । हिजै भएको ‘सुपर एट’को खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ५ विकेटले हरायो । योसँगै टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077