Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओमानमा अमेरिका–इरान वार्ता पक्का, एजेन्डामा मतभेद कायमै

ओमानमा अमेरिका–इरान वार्ता पक्का, एजेन्डामा मतभेद कायमै

शुक्रवार , माघ २३, २०८२

एजेन्सी । अमेरिका र इरानबीच इरानको आणविक कार्यक्रमलाई लिएर पुनः उच्चस्तरीय वार्ता हुने भएको छ । दुवै देशका अधिकारीहरूले शुक्रबार ओमानको राजधानी मस्कटमा वार्ता हुने पुष्टि गरेका हुन् ।

बुधबार सार्वजनिक गरिएको जानकारीअनुसार यो वार्ता ओमानको मध्यस्थतामा हुँदैछ। पछिल्ला दिनहरूमा वार्ता हुनेरनहुनेबारे विरोधाभासपूर्ण समाचारहरू आइरहेका बेला ओमानमा वार्ता निश्चित भएको घोषणाले कूटनीतिक हलचल बढाएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघ्ची ले सामाजिक सञ्जाल एक्समा लेख्दै ओमान सरकारप्रति आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, 'म ओमानी दाजुभाइहरूलाई आवश्यक सबै व्यवस्था गरेकोमा कृतज्ञ छु।'

अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरूले पनि शुक्रबार हुने वार्ताको पुष्टि गरेका छन्। यसअघि साताको सुरुमै अमेरिकी अधिकारीहरूले वार्ता टर्कीमा हुन सक्ने सम्भावना रहेको संकेत गरेका थिए। तर अन्ततः वार्ता स्थल ओमान नै तय भएको छ।

वार्ता हुने निश्चित भए पनि दुवै पक्षले औपचारिक रूपमा स्पष्ट एजेन्डा सार्वजनिक गरेका छैनन्। तेहरानले भने वार्ता केवल आणविक कार्यक्रमसम्बन्धी विवादमा सीमित हुनुपर्ने अडान राख्दै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077