Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाउने इरानको धम्की

आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाउने इरानको धम्की

बुधवार , बैशाख ३०, २०८३

एजेन्सी । इरानले आफूमाथि फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्धविरामलाई ठूलो जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले पछिल्लो टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक प्रविधि र युरेनियम सम्वर्द्धनमा कुनै सम्झौता गर्न नसकिने बताएका थिए ।

गएको फेब्रुअरी २८ तारिखमा तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट शुरु भएको ४० दिनको लडाइँपछि इरान, अमेरिका र इजरायलले अप्रिल ८ देखि युद्धविराम घोषणा गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077