एजेन्सी । शनिबार राति इरानले इजरायलको दक्षिणी शहर डिमोनामा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ ।
जसमा करिब २० जना घाइते भएका छन् । डिमोना त्यही शहर हो जहाँ इजरायलको आणविक कार्यक्रम केन्द्र रहेको छ ।
रिपोर्टहरूका अनुसार मिसाइल खस्नेबित्तिकै शहरको एउटा भवन भत्किएको थियो। विस्फोट लगत्तै उद्धार टोली घटनास्थलमा पुगेर भग्नावशेषमा फसेकाहरूको उद्धारमा जुटेको थियो ।
आक्रमणपछि इजरायल सरकारले अरादमा संकटकाल घोषणा गरेको छ । प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।