एजेन्सी । अमेरिकी एफ–३५सी लडाकु विमानले इरानी ‘शाहेद–१३९’ ड्रोन खसालेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले मंगलबार जनाएअनुसार अरब सागरमा तैनाथ अमेरिकी विमानवाहक जहाज ‘यूएसएस अब्राहम लिंकन’तर्फ बढिरहेको एउटा इरानी ड्रोनलाई अमेरिकी नौसेनाको लडाकु विमानले खसालिदिएको हो ।
ट्रम्प प्रशासनले इरानलाई वार्ताको टेबुलमा ल्याउन सैन्य बल प्रयोग गर्न सक्ने चेतावनी दिइरहेका बेला भएको यस घटनाले दुई देशबीचको तनावलाई थप बढाएको समाचार संस्था एपीले जनाएको छ ।
सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विज्ञप्ति जारी गर्दै उक्त ड्रोन आक्रामक रूपमा विमानवाहक जहाजनजिक आएको बताए ।
अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालित अमेरिकी बलहरूले तनाव कम गर्ने प्रयास गरिरहेकै बेला उक्त ड्रोन निरन्तर जहाजतर्फ उडिरहेकाले त्यसलाई खसाल्नु परेको उनले स्पष्ट पारेका छन् ।