Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व–पश्चिम दौडाहपछि फेरि बालेन शाह झापा पुगे

पूर्व–पश्चिम दौडाहपछि फेरि बालेन शाह झापा पुगे

सोमवार , माघ १९, २०८२

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रचारप्रसारका लागि सोमबार झापा पुगेका छन् । बालेन्द्रसहितको टोली सोमबार झापा गएको हो ।

आगामी निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दिएका शाहले ६ माघमा मनोनयन दर्ता गरेपछि केही दिन दमकमा बसेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए । त्यसपछि उनी पूर्वी पहाडी जिल्लाहरूको भ्रमणमा निस्किएका थिए ।

पूर्वी दौडाह पूरा गरेपछि काठमाडौं फर्किएका शाहले सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत चुनावी कार्यक्रम सञ्चालन गरेका थिए।

सचिवालयका अनुसार, पुनः झापा फर्किएका शाह अब केही दिन दमकमै रहेर कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ।

शाह देशव्यापी चुनावी दौडाहमा रहेका बेला झापा–५ मा उनकी पत्नी सबिना काफ्लेले पनि मतदातासँग भेट गरी चुनावी अभियानलाई निरन्तरता दिएकी थिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077