Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शंकर पोखरेलको दाबी- निर्वाचनबाट नयाँ जेलेन्स्की जन्माउने प्रयास हुँदैछ

शंकर पोखरेलको दाबी- निर्वाचनबाट नयाँ जेलेन्स्की जन्माउने प्रयास हुँदैछ

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विदेशीको ईशारामा बनेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी निकट प्रेस चौतारी नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार विदेशीको ईशारामा बनेको आरोप लगाएका हुन् ।

पोखरेलले भने- संविधान घायल भएका कारण लोकतन्त्र कमजोर भएको छ, त्यसैले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने षड्यन्त्र हुँदैछ । अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको छ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनको लागि जेलेन्स्की जन्माउने योजनाको साथ अभियान सुरु भएको छ ।

निर्वाचनबाट युक्रेनका राष्ट्रपति जेलेन्स्कीजस्तै पृष्ठभूमिको सरकार स्थापना गर्ने प्रयास भइरहेको पोखरेलको दाबी छ ।

त्यसैले आफ्नो दल नेकपा एमाले विदेशी षडयन्त्रलाई सफल बनाउन नदिने गरी अघि बढेको उनले बताए ।

उनले थप भने- 'काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ । रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ । तर, त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने छ । त्यसैले एमालेसँग कांग्रेस नै प्रतिस्पर्धामा छ ।'

यस्तै पोखरेलले आगामी निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस रहेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077