Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनबारे सुदन गुरुङको दाबी - पहिला गोली चल्यो, त्यसपछि मात्रै सिंहदरबार जल्यो

जेनजी आन्दोलनबारे सुदन गुरुङको दाबी - पहिला गोली चल्यो, त्यसपछि मात्रै सिंहदरबार जल्यो

सोमवार , माघ १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा–१ को उम्मेदवार बनेका सुदन गुरुङले गत भदौमा भएको जेनजी आन्दोलनमा पहिले सुरक्षाकर्मीबाट गोली चलेको दाबी गरेका छन् ।

हामी नेपालका संस्थापक समेत रहेका सुदनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आन्दोलनका क्रममा पहिला सुरक्षाकर्मीको गोली चलेपछि मात्रै अन्य विध्वंशात्मक गतिविधि भएको बताएका हुन् ।

जेनजी आन्दोलनपछि त्यसको अगुवाको रूपमा परिचित बनेका गुरुङले सामाजिक सञ्जालमार्फत सरकार र सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

उनका अनुसार आन्दोलनको सुरुवात शान्तिपूर्ण ढंगले भएको थियो, तर सुरक्षाकर्मीले गोली चलाएपछि अवस्था नियन्त्रणबाहिर गएको हो।

‘गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो,’ गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो। स्मरण रहोस् !’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077