काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेको आरोपबारे छिटो र निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गुरुङले आफू हाल आरोपको छानबिनको प्रतीक्षामा रहेको बताए।
उनले सत्यतथ्य सार्वजनिक गर्न ढिलाइ नगर्न आग्रह गर्दै छानबिन प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्याउनुपर्ने धारणा राखे।
'यदि ममाथि लागेको आरोप प्रमाणित हुन्छ भने कानुनअनुसारको कारबाही भोग्न तयार छु,'उनले भने, 'तर यदि म निर्दोष सावित भएँ भने निराधार आरोप लगाउनेहरूमाथि पनि कानुनी कारबाही हुनुपर्छ।'