एजेन्सी । अमेरिकामा शनिबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टनसहित २० राज्यमा आपत्कालीन अवस्था घोषणा गरेका छन् ।
हिमपातका कारण न्युयोर्कसहित अमेरिकाभर अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।
आँधीसहितको हिमपातले अमेरिकामा झन्डै १० लाख घर बिजुलीविहीन भएका छन् । १० हजारभन्दा बढी उडान रद्द गरिएका छन् र १४ हजारभन्दा बढी उडान ढिलाइ भएका छन्।