Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई भाइ भन्दै महेश बस्नेतले भने–अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु

बालेनलाई भाइ भन्दै महेश बस्नेतले भने–अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु

बिहिवार , माघ ८, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह ‘बालेन’सँग माफि मागेका छन् । काठमाडौं महानगरपालिकाको प्रमुख पद त्यागेर निर्वाचनमा होमिएका बालेनले गरेको भाषणलाई लिएर गरेको टिप्पणीप्रति बस्नेतले माफि मागेका हुन् ।

बालेनले ‘मधेशको छौरा’ भनेपछि बस्नेतले त्यसलाई गलत अर्थ लगाएको भन्दै चौतर्फी विरोध भएको थियो । यस अघिको निर्वाचनमा समेत बालेनको विरोध गर्दा महेश बस्नेतले चुनाव हारेको भन्दै चर्चा चलेको थियो ।

तर, यस पटक भने बस्नेतले सामाजिक सञ्जालमार्फत नै माफि मागेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुुकमा केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको भन्दै गलत व्याख्या नगरिदिन अनुरोध गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्–‘बालेन भाइले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ। म मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति हुँ। मैले नबोलेका बिषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु। कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु।’

बस्नेतले बालेनले विद्यार्थीहरुसँग हाल मिलाएको विषयमा पनि विरोध गरेका थिए । बस्नेतले फेसबुकमा लेखेका थिए–‘चुनाब र राजनीतिमा बालबालिकाको प्रयोग गैरकानूनी र अनैतिक हो। संविधानको धारा ३९, बालबालिका सम्बन्धी ऐन २०७५ र निर्वाचन आचारसंहिताले यसलाई निषेध गरेको छ।

बालबालिकाको ठाउँ विद्यालय हो, राजनीतिक भिड होइन। बालबालिकालाई चुनावी हतियार बनाउने प्रवृत्ति लोकतन्त्रको अपमान हो। बलेनले गरेको यो कर्तुत
तुरुन्त रोकिनुपर्छ।’

त्यसैगरी बस्नेतले बालेन गैर–मतदाता बोकेर झापा ५ पुगेको पनि दावी गरेका छन् ।

बस्नेतले फेसबुकमा लेखेका छन्–‘बालेन २ महिना अगाडि ‘F..k RSP’ भन्ने व्यक्ति हुन्। २३–२४ गतेको घटनाबाट जोगिनकै लागि पछि रास्वपा मा गएको देखिन्छ। प्रारम्भिक सर्वेक्षणमै काठमाडौँ, महोत्तरी र झापातिरै हार्ने निश्चित भएपछि सानदार र चर्चित भएर हार्ने रणनीतिअनुसार बाहिरका गैर–मतदाता बोकेर झापा ५ पुगेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077