Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शंकर पोखरेल भन्छन्- जनताले जलाउनेलाई होइन देश बनाउनेलाई मत दिन्छन्

शंकर पोखरेल भन्छन्- जनताले जलाउनेलाई होइन देश बनाउनेलाई मत दिन्छन्

बुधवार , माघ ७, २०८२

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले जलाउनेलाई नभइ देश बनाउनेलाई मत दिने बताएका छन् ।

दाङको घोराहीमा पेसागत महासङ्घ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देश जलाउनेलाई जनताले मतदान नगर्ने स्पष्ट पारेका हुन् ।

आगामी निर्वाचनलाई देश निर्माणको महत्त्वपूर्ण अवसरको रूपमा लिन आग्रह गर्दै उनले भने- 'जनताले सिंहदरबार जलाउनेहरूलाई होइन देश बनाउनेहरूलाई मत दिन्छन् ।'

पोखरेलले जेनजी आन्दोलन र केही राजनीतिक गतिविधिमा राष्ट्रिय प्रतीकमाथि भएको आक्रमणलाई राष्ट्र विरोधी कार्यको रूपमा व्याख्या गरेका छन् ।

सिंहदरबार नेपालको केन्द्रीय प्रशासनिक केन्द्र भएकाले त्यसप्रति आक्रमण अस्वीकार्य रहेको उनको भनाइ थियो ।

साथै उनले जनताले अस्थिरता, बारम्बार सरकार परिवर्तन र विनाशकारी राजनीतिलाई अस्वीकार गर्दै विकास , समृद्धि र स्थिरताको पक्षमा मतदान गर्न समेत आग्रह गरे । उनी दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत बनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077