Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘अल्गोरिदम’मार्फत देश कब्जा गर्न आएको शक्तिबाट सजग रहन महेश बस्नेतको आह्वान

‘अल्गोरिदम’मार्फत देश कब्जा गर्न आएको शक्तिबाट सजग रहन महेश बस्नेतको आह्वान

बुधवार , माघ ७, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेतले यो चुनावमा देश बनाउने एजेन्डा नभई देश नै सकाउने योजनासहितका पात्रहरू सक्रिय भएको आरोप लगाएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू राजनीतिक मैदानमा सक्रिय भएको दाबी गरेका हुन् ।

बस्नेतले लेखेका छन्, 'यस चुनावमा देश बनाउने एजेन्डा होइन, देश सकाउने योजनासहित आएका पात्रहरू सक्रिय छन्। लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू देश र जनताको जीवन परिवर्तन गर्न होइन, अल्गोरिदमको खरिद–बिक्री गरेर सत्ता कब्जा गर्न राजनीतिमा प्रवेश गरेका छन्।'

उनले साइबर फ्याक्ट्रीबाट निस्केका आवाजहरू जनताको वास्तविक आवाज नभएको दाबी गर्दै भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने प्रयास खतरनाक भएको चेतावनी दिए।

'उनीहरूका साइबर फ्याक्ट्रीबाट निस्केका आवाजहरू जनताको वास्तविक आवाज होइनन्। भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने यो खतरनाक प्रयासलाई हामीले चिन्नै पर्छ,' उनले भनेका छन्।

बस्नेतले अल्गोरिदममार्फत देश कब्जा गर्न खोज्ने शक्तिबाट लोकतन्त्र, संविधान र जनताको भविष्य जोगाउन सबै सजग हुनुपर्ने पनि आह्वान गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077