Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नो पहिलो राजनीतिक सभामा सहभागी भए बालेन शाह

आफ्नो पहिलो राजनीतिक सभामा सहभागी भए बालेन शाह

सोमवार , माघ ५, २०८२

जनकपुर । रास्वपाका वरिष्ठ नेता बालेन शाहले जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरु गरेका छन्।

उनी फागुन २१ गते हुने निर्वाचन झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार हुँदैछन्।

झापा जानुअघि जनकपुरधामको तरहुतियागाछीमा एक कार्यक्रम आयोजित गदै उनले मधेस प्रदेशबाट आफ्नो चुनावी यात्रा सुरु गरेका हुन्।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार उनले राजीनामा दिएर जनकपुरधाम गएका थिए।

उनले आज बिहानै जानकी मन्दिर पुगेर पूजा गरेका थिए। त्यसपछि सिरहाको लहान पुगेर मधेस आन्दोलनका सहिदको शालिकमा माल्यार्पण समेत गरेका थिए।

उक्त कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेपाली कम्युनिस्ट पार्टी छाडेका रहबर अन्सारी पनि सहभागी छन्। अमरेशकुमार र अन्सारी पनि यसै कार्यक्रमकाबीच रास्वपा प्रवेश गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077