Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुर-२ बाट रास्वपाले एमाले सचिव महेश बस्नेतविरुद्ध राजीव खत्रीलाई भिडाउने

भक्तपुर-२ बाट रास्वपाले एमाले सचिव महेश बस्नेतविरुद्ध राजीव खत्रीलाई भिडाउने

सोमवार , माघ ५, २०८२

काठमाडौं । भक्तपुर-२ मा नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध रास्वपाले राजीव खत्रीलाई भिडाउने भएको छ ।

पूर्वसञ्चारकर्मी खत्रीलाई रास्वपाले काठमाडौं-१० मा उठाउने तयारी गरेको भए अन्तिम समयमा बस्नेतसँगै भिडाउने निर्णय लिएको हो ।

केही समयअघि मात्रै सञ्चारकर्म त्यागेर राजनीतिमा आएका खत्रीले काठमाडौं १० बाटै लड्न इच्छा व्यक्त गरेका थिए । तर, पार्टी सभापति रवि लामिछाने र बालेनको सल्लाहमा उनलाई भक्तपुर पठाउने निधो भएको हो ।

भक्तपुर २ बस्नेतको निर्वाचन क्षेत्र हो भने खत्री काठमाडौं १० बासिन्दा हुन् । गत आमनिर्वाचनमा बस्नेत पराजित भएका थिए । खत्री भने भर्खरै राजनीतिमा होमिएर पहिलो पटक चुनाव लड्दै छन् ।

सामाजिक सञ्जालमा लामो समयदेखि बस्नेत र खत्रीबीच वाक्युद्ध चल्दै आएको छ । त्यसैले उनीहरूबीच चुनावी भिडन्त पनि रोचक हुने भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077