काठमाडौं । नेकपा एमालेले ताप्लेजुङ क्षेत्रबाट युवा नेता क्षितिज थेबेलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।
एमालेको केन्द्रीय सदस्यसमेत रहेका थेबेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि टिकट प्रदान गरेका हुन् ।
यसअघि ताप्लेजुङमा उपमहासचिव योगेश भट्टराईले टिकट पाउँदै आएका थिए । तर यसपटक ओलीले थेबेलाई टिकट थमाएका हुन् ।