Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दबाबमा संसदीय दलको नेता चयन भएको योगेश भट्टराईको आरोप

दबाबमा संसदीय दलको नेता चयन भएको योगेश भट्टराईको आरोप

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । नेकपा एमालेभित्र संसदीय दलको नेता चयन प्रक्रियालाई लिएर असन्तुष्टि सतहमा आएको छ।

उपमहासचिव योगेश भट्टराईले सांसदहरूलाई दबाबमा राखेर नेता चयन गरिएको भन्दै कडा असन्तुष्टि जनाएका छन्।

संसदीय दलको नेताका आकांक्षी सुहाङ नेम्वाङ ले प्रस्तावक र समर्थक नै जुटाउन नसकेको पृष्ठभूमिमा भट्टराईले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास कमजोर भएको संकेत गरेका हुन्।

उनले वर्तमान अवस्थामा पार्टीलाई सुदृढ बनाउन व्यापक पुनर्गठन र एकताको आवश्यकता रहेको उल्लेख गर्दै भने, 'संसदीय दलको नेता चयन गर्ने प्रक्रियाले पार्टीपंक्तिलाई थप चिन्तित बनाएको छ।'

उनका अनुसार छलफल र सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा दबाबको राजनीति हावी हुनु गलत अभ्यास हो।

यसैबीच, एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077