Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको हारप्रति योगेश भट्टराईको टिप्पणीः पार्टी नेतृत्वको कमजोरीले चुनावमा असफलता मिल्यो

एमालेको हारप्रति योगेश भट्टराईको टिप्पणीः पार्टी नेतृत्वको कमजोरीले चुनावमा असफलता मिल्यो

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले गुटका घेराबाट निस्केर पार्टीमा खुलस्त बहसका लागि आह्वान गरेका छन्।

फागुन २१ गते भएको प्रतिनिधिसभाको चुनावमा पार्टीले हार व्यहोरेपछि पहिलो पटक भट्टराईले आफ्नो मुख खोल्दै यस्तो भनेका हुन् । 

एमालेले प्रत्यक्षतर्फ ९ सिट मात्रै र समानुपातिकतर्फ करिब १३ लाख हाराहारी मात्रै मत पाउने भएको छ। जसप्रति टिप्पणी गर्दै उपमहासचिव भट्टराईले मूलतः पार्टी नेतृत्वको कमजोरी चुनावमा असफलता मिलेको भन्दै सामूहिक पहलबाट बदल्न सकिने दाबी गरेका छन्। 

'पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिंगो पार्टीको असफलता हो । सामूहिक बुद्धिरविवेक र सामूहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थस् म सबै नेता कमरेडहरू र सिंगो पार्टी पंतिलाई हिजोका गुट ९समूह० का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु,' फेसबुकमार्फत उनले भनेका छन् ।

पार्टीले लिएको गलत नीतिका कारण पराजय भोग्नु परेको भट्टराईले जिकिर गरेका छन्। त्यसलाई सुधार गर्न आफूहरुले प्रयास नगरे पनि सफल नभएको उनको भनाइ छ।

अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला भदौ २३ र २४ गतेको आन्दोलन भएको थियो। उनी हेलकोप्टर चढेर ज्यान जोगाएका थिए। त्यसपछि पनि पार्टीले ओलीलाई नै अध्यक्ष बनाएको थियो । जसबाट थुप्रै नेताहरु असंतुष्ट थिए ।

ओलीसँग फरक प्यानलबाट प्रतिस्पर्धा गरेकै कारण भट्टराईले टिकट पाएका थिएनन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077