Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देश जलाउने लुसिफर र दलालहरूलाई चिनिसक्यौँ, हिसाबकिताब चुनावमार्फत हुन्छ : महेश बस्नेत

देश जलाउने लुसिफर र दलालहरूलाई चिनिसक्यौँ, हिसाबकिताब चुनावमार्फत हुन्छ : महेश बस्नेत

आइतवार , माघ ४, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गएको भदौ २४ गते सिंहदरबारसहितका विभिन्न संरचना जलाउने घटनामा संलग्नहरूमाथि चुनावपछि कडा हिसाबकिताब हुने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै बस्नेतले मुलुकमा अराजकता मच्चाउने शक्तिहरू पहिचान भइसकेको दाबी गरे ।

'देश जलाउने लुसिफरहरू, दलालहरू हामीले चिनिसक्यौँ । यसको हिसाबकिताब चुनावमार्फत हुन्छ,' उनले भने ।

बस्नेतले आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने स्पष्ट गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077