काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी माघ ५ गते जनकपुरमा ‘अभियान उद्घोष सभा’ आयोजना गर्ने भएको छ ।
सो सभामा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पहिलो पटक एउटै राजनीतिक मञ्चमा संयुक्त रूपमा उपस्थित हुने भएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनिष झाले उक्त सभाको तयारी र यसको राजनीतिक महत्वबारे जानकारी दिए ।
प्रवक्ता झाका अनुसार रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्दै एकता सम्झौता गरेपछि चुनावी अभियानअन्तर्गत उक्त कार्यक्रम तय गरिएको हो ।