Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिर्जना सिज्जुले पनि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिइन्

सिर्जना सिज्जुले पनि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिइन्

बुधवार , पौष २३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली) ले पनि सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । सिर्जनाले आफ्नो फेसबुक पेजमार्फत सूचीबाट नाम फिर्ता लिइसकेको जनाएकी छन् ।

सोलो ट्राभल गर्दै पर्यटन प्रवर्धन गरिरहेकी सिर्जनाले यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भएको प्रष्टीकरण पनि दिएकी छिन् ।

उनले नाम फिर्ता लिएसँगै रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ८ पुगेको छ ।

यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, प्राध्यापक महेन्द्र लावती, मिलन लिम्बु र अरनिको पाँडेले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077