काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ ।
दिउँसो २ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा छलफलका लागि १० एजेन्डा प्रस्ताव गरिएका छन ।
जसमा प्रत्यक्षतर्फको उमेदवारी दिने अन्तिम मिति, उमेदवार सिफारिस उपसमिति विस्तार, पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, समानुपातिक उमेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम, स्थानीय तह उमेदवार क्लब गठनलगायतका विषयहरु छन् ।