एजेन्सी । क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको दाबी गरेको छ ।
क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा र सैन्य कार्यमा संलग्न थिए ।
क्युबाली सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा नागरिकहरूले आफ्नो जिम्मेवारी इमानदारी र वीरतापूर्वक पूरा गरे । उहाँहरू प्रत्यक्ष लडाइँ वा सुविधामा भएको बमबारीमा ज्यान गुमाए । उहाँहरूले आफ्नो कर्तव्य सम्मानपूर्वक निर्वाह गरे ।’
घटनापछि क्युबाले दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । हाभानामा सार्वजनिक कार्यक्रम र सरकारी समारोहहरू स्थगित गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘अर्को पक्षमा धेरै जनाको मृत्यु भयो, तर हाम्रो पक्षमा कोही मरेको छैन ।’