एजेन्सी । अमेरिकी सेनाले शनिबार बिहानै भेनेजुएलामा भीषण हवाई हमला गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको दाबी गरेपछि अन्तर्राष्ट्रिय तनाव बढेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई हमलाका क्रममा मादुरो दम्पतीलाई नै पक्राउ गरिएको घोषणा गरे ।
अमेरिकी अधिकारीहरूका अनुसार मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले नियन्त्रणमा लिएको हो ।
यसको प्रतिक्रिया स्वरूप रुसको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गर्दै भनेको छ, 'यदि यो सत्य साबित भयो भने कुनै मुलुकको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन हुनेछ।'
यसैगरी, क्युबाले पनि अमेरिकी आक्रमणको निन्दा गरेको छ।