Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भेनेजुएलाका राष्ट्रपति मादुरो न्युयोर्कको अदालतमा पेस

भेनेजुएलाका राष्ट्रपति मादुरो न्युयोर्कको अदालतमा पेस

सोमवार , पौष २१, २०८२

एजेन्सी । भेनेजुएलाबाट अपहरण गरी ल्याइएका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्युयोर्कको संघीय अदालतमा उपस्थित गराइएको छ ।

उनीहरुलाई कडा सुरक्षाको घेरामा अदालतमा उपस्थित गराइएको हो । ६३ वर्षीय मादुरोमाथि नशालु औषधिको तस्करी र आतंकवादका गम्भीर आरोपहरू छन् ।

शनिबार, ३ जनवरीको बिहान अमेरिकी एलिट फोर्सहरूले हेलिकोप्टर र लडाकु विमानहरूको सहयोगमा भेनेजुएलाको राजधानी काराकासमा सैन्य अभियानमार्फत उनीहरूलाई गिरफ्तार गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भेनेजुएलाको कमान्ड अमेरिकाको हतामा रहेको स्पष्ट पारेका छन् ।

यद्यपि, भेनेजुएलाको सेनाले अब कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मान्यता दिएको छ र जनतासँग शान्ति कायम राख्न अपील गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077