Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मादुरोलाई न्युयोर्कको अदालतमा उपस्थित गराइँदै

मादुरोलाई न्युयोर्कको अदालतमा उपस्थित गराइँदै

सोमवार , पौष २१, २०८२

एजेन्सी । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका राष्ट्रपति निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ।

यससँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुने भएको छ। मादुरो र उनकी श्रीमतीलाई पहिलोपटक अमेरिकी न्यायाधीशसामु पेस गर्न लागिएको हो।

प्रक्रियागत रूपमा सामान्य देखिए पनि यो अदालती उपस्थितिले वर्षौँसम्म लम्बिन सक्ने कानुनी लडाइँको ढोका खोलेको विश्लेषकहरूको भनाइ छ। अमेरिकी समय अनुसार सोमबार दिउँसो १२ बजे सुरु हुने सुनुवाइमा न्यायाधीशले मादुरोविरुद्ध लागेका आरोपहरू औपचारिक रूपमा पढेर सुनाउनेछन्।

अमेरिकी सरकारले पछिल्ला १५ वर्षदेखि लागुऔषध तस्करीसम्बन्धी मुद्दामा अनुसन्धान गर्दै आएको थियो। ती अनुसन्धानको केन्द्रमा मादुरो पछिल्ला ६ वर्षदेखि मुख्य प्रतिवादीका रूपमा रहेका छन्।

यो मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के। हेलरस्टिनको इजलासमा हुनेछ। हेलरस्टिन विगत एक दशकभन्दा लामो समयदेखि यसै प्रकरणसँग सम्बन्धित मुद्दाहरू हेर्दै आएका अनुभवी न्यायाधीश हुन्।

मुद्दाको अन्तिम किनारा नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना प्रबल रहेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077