Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मादुरोलाई कब्जा गर्ने अपरेसनमा १५० सैन्य विमान प्रयोग

मादुरोलाई कब्जा गर्ने अपरेसनमा १५० सैन्य विमान प्रयोग

आइतवार , पौष २०, २०८२

एजेन्सी । अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने अपरेसन लामो समयदेखि योजनाबद्ध रहेको खुलासा गरेका छन् ।

उनका अनुसार महिनौँसम्म तयारी गरिएको यो उच्च जोखिमयुक्त मिसन केही घण्टामै सफलतापूर्वक सम्पन्न गरिएको हो ।

अपरेसनबारे जानकारी दिँदै जनरल केनले भने, 'यो केवल सैन्य कारबाही मात्र थिएन। अमेरिकी सेनाका सबै गोप्य एजेन्सीहरू पूर्ण समन्वयमा यसमा संलग्न थिए।'

उनका अनुसार यस्ता प्रमुख अपरेसनका लागि विस्तृत योजना, निरन्तर अभ्यास र सूक्ष्म अध्ययन अनिवार्य हुन्छ। जनरल केनले मादुरोको गतिविधि लामो समयदेखि निगरानीमा राखिएको बताए ।

उनका अनुसार अपरेसन शुक्रबार राति अबेर सुरु भएको थियो। त्यस क्रममा १५० भन्दा बढी विमानहरू अमेरिकी तथा सहयोगी देशका अड्डाबाट उडान भरेका थिए। ती विमानहरू करिब २० फरक–फरक जमिन तथा समुद्री स्थानहरूबाट परिचालन गरिएको थियो।

यस क्रममा अमेरिकी सैनिकहरू गोलीबारीमा परेका थिए, जसका कारण उनीहरू आत्मरक्षामा कारबाही गर्न बाध्य भए।

अन्ततः मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिइयो । मादुरो दम्पतीलाई अमेरिकी युद्धपोत युएसएस इवो जिमा मा पुर्‍याइएपछि न्यूयोर्क लगिएको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077