काठमाडौं । लेनदेनको विवादास्पद अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट राजीनामा दिएका लक्ष्मणकिशोर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
चौधरी सोमबार काठमाडौंमा भएको बृहत् राजनीतिक समायोजन घोषणा कार्यक्रममा रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन् ।
उनी नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्यमध्ये एक हुन् र २०७९ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क्षेत्र २ बाट विजयी भएका थिए ।
प्रदेश सरकारमा मन्त्री रहेका बेला सार्वजनिक भएको विवादित अडियोका कारण चौधरीले गत वर्ष पदबाट राजीनामा दिएका थिए ।
चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएको थियो ।