काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँग ९ बुँदे सहमति भएको छ ।
सोमबार राष्ट्रिय सभा गृहमा एकता समायोजन आयोजना गरी ९ बुँदे सहमति पत्र सार्वजनिक गरेको हो ।
राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न रास्वपा र नाउपाका पूर्व पदाधिकारीहरूबीच सहमति भएको बताइएको छ ।
बुँदाको पहिलो नम्बरमा जेन जेड आन्दोलनको अपनत्व लिँदै समुन्नत र सामाजिक न्यायका लागि राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवम् संरचनागत सुधारहरूमार्फत आर्थिक सामाजिक उन्नयनका लागि इमान्दार भएर समर्पित हुने भनिएको छ ।
त्यस्तै दोस्रो बुँदामा दलको नाम रास्वपा नै रहने र चुनाव चिह्न, झन्डा सबै रास्वपाका रहने भनिएको छ ।
सहमति पत्रमा रास्वपाबाट उपसभापति डीपी अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, सुरेन्द्र चौधरी, नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले हस्ताक्षर गरेका छन् ।
उनीहरुलाई सभापति रवि लामिछाने, उपभापतिद्वय अर्याल, स्वणिम वाग्लेसहित शीर्ष नेताहरूले पार्टीमा स्वागत गरे ।