Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको समानुपातिक सूचीबाट डा. अरनिको पाँडेले उम्मेदवारी फिर्ता लिने घोषणा

रास्वपाको समानुपातिक सूचीबाट डा. अरनिको पाँडेले उम्मेदवारी फिर्ता लिने घोषणा

सोमवार , पौष २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द सूचीबाट डा. अरनिको पाँडेले पनि आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो घोषणा गरेका हुन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट उम्मेदवारी फिर्ता लिनेहरूको संख्या ६ पुगेको छ।

यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, र प्राध्यापक महेन्द्र लावतीले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरिसकेका थिए।

डा। पाँडेले आफू बन्द सूचीमा रहिरहने औचित्य नरहेको भन्दै हिजो राति बसेको रास्वपा केन्द्रीय समिति बैठकमा आफ्नो निर्णय बारे जानकारी गराएको बताएका छन्।

'पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरुलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ', उनले फेसबुकमा लेखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077