काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा आयोजना गर्दैछ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), उज्यालो नेपाल पार्टी तथा अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि रास्वपाले एकता घोषणा सभा गर्न लागेको हो ।
रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ। उक्त सभामार्फत एकता प्रक्रियालाई पूर्णता दिइने र पार्टीको आगामी राजनीतिक कार्यदिशा सार्वजनिक गरिने रास्वपाले जनाएको छ।
पार्टीका अनुसार पुस १३ र १४ गते रास्वपाले काठमाडौँ महानगरका मेयर बालेन शाह तथा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो ।
सोही सहमतिअनुसार आजको सभाबाट विभिन्न राजनीतिक समूह र स्वतन्त्र धारबीचको सहकार्य औपचारिक रूपमा अघि बढाइनेछ।