Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन समूहबाट लम्साल रास्वपाको महामन्त्री, भूपदेव सहमहामन्त्री

बालेन समूहबाट लम्साल रास्वपाको महामन्त्री, भूपदेव सहमहामन्त्री

आइतवार , पौष २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनिल लम्साललाई महामन्त्रीमा मनोनित गरेको छ ।

बालेन समूह रास्वपामा समाहित भएपछि आइतबार बसेको केन्द्रीय समितिको बैठकले लम्साललाई पार्टीको शीर्ष नेतृत्वमा ल्याएको हो ।

यससँगै रास्वपामा दुई जना महामन्त्री भएका छन् । यसअघि कविन्द्र बुर्लाकोटी महामन्त्रीको रूपमा कार्यरत थिए । बालेन समूहबाटै भूपदेव शाह सहमहामन्त्रीमा मनोनित भएका छन् ।

अब पार्टीमा दुई जना सहमहामन्त्री भएका छन् । यसअघि विपिनकुमार आचार्य सहमहामन्त्रीका रूपमा कार्यरत थिए।

त्यसैगरी बालेन समूहबाट सस्मित पोखरेल सहप्रवक्ता मनोनित भएका छन् । लम्साल, भूपदेव शाह र सस्मित पोखरेल तीनै जना काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालय समूहसँग सम्बन्धित छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077