काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी समायोजनपछि ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
आज पार्टी कार्यालय बनस्थलीमा बसेको ५८औँ बैठकले ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको हो ।
जसमा विवेकशील साझाकी तत्कालीन अध्यक्ष समीक्षा बास्कोटादेखि नेतृ रञ्जु दर्शनासम्म समेटिएका छन् ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार मनोनयनमा पर्नेमा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र दर्शना रहेका छन् ।
उनीहरू विवेकशील साझा पार्टी छाडेर गत मंसिर १४ गते रास्वपा प्रवेश गरेका थिए ।