Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति बैठक बनस्थलीमा

रास्वपाको केन्द्रीय समिति बैठक बनस्थलीमा

आइतवार , पौष २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसेको छ ।

बैठक केहीबेरअघि रास्वपाको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको हो ।

यसअघि केन्द्रीय कमिटी बैठकको तयारीको लागि रास्वपा सचिवालय बैठक बसेको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो पार्टी नेपालको एकता गरेको रास्वपाले सोमबार बृहत राजनीतिक समायोजन सभा गर्दैछ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा गर्ने बृहत राजनीतिक समायोजन घोषणा सभाको तयारी लगायतका विषयमा छलफलका लागि रास्वपाले बैठक बोलाएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077