Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको बृहत्तर एकता घोषणा सभा भोलि

रास्वपाको बृहत्तर एकता घोषणा सभा भोलि

आइतवार , पौष २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ।

रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा कार्यक्रम आयोजना गर्ने भएको हो ।

उक्त सभामार्फत विभिन्न शक्ति र समूहबीचको एकता प्रक्रियालाई औपचारिक रूपमा टुंग्याइने जनाइएको छ । आजै नागरिक उन्मुक्ति पार्टीबाट सामूहिक राजीनामा दिएका नाउपा रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले पनि भोलि नैरास्वपा प्रवेश गर्दै छन् ।

एकता घोषणासभामा पार्टीका शीर्ष नेता, जनप्रतिनिधि तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो ।

भोलि हुने घोषणासभाबाट सो एकता प्रक्रियाले पूर्णता पाउने र आगामी दिनमा पार्टीको राजनीतिक कार्यदिशा तथा रणनीतिबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077