काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौँमा बस्न लागेको हो ।
पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्ने बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण सम्बन्धमा छलफल र विविध विषयहरू समावेश छन् ।
केन्द्रीय समितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देश गरिएको छ ।