Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उज्यालो पार्टी अलग सूची बोकेर आयोग पुग्दा किन फर्काइयो ?

उज्यालो पार्टी अलग सूची बोकेर आयोग पुग्दा किन फर्काइयो ?

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने सहमति गरिसकेको कुलमान घिसिङ संरक्षित दल उज्यालो पार्टी नेपालले समानुपातिक उम्मेदवारहरूको छुट्टै बन्दसूची बोकेर पुनः निर्वाचन आयोग पुगेको छ।

तर, आयोगले समयसीमा सकिइसकेको जनाउँदै सूची दर्ता गर्न अस्वीकार गरेको छ। शुक्रबार दिउँसो करिब ३ बजे उज्यालो पार्टी नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय स्वयं आयोग पुगेका थिए।

उनीसँगै अर्का एक जना केन्द्रीय सदस्य पनि छुट्टै बन्दसूची लिएर आयोग पुगेका थिए।

उनीहरूले आयोगसमक्ष ५० हजार रुपैयाँ धरौटी बुझाएर रसिद लिइसकेको उल्लेख गर्दै ११० जनाको समानुपातिक बन्दसूची पेश गर्न पाउनुपर्ने माग राखेका थिए। सो क्रममा उनीहरूले प्रमुख कार्यबाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भेट गरेका थिए।

तर, भण्डारीले उक्त विषय कानुन शाखामा पठाइदिएका थिए। कानुन शाखाले समानुपातिक बन्दसूची बुझाउने समयसीमा समाप्त भइसकेकाले कुनै हालतमा नयाँ सूची दर्ता गर्न नमिल्ने स्पष्ट जवाफ दिएपछि उज्यालो पार्टीको टोली फर्किएको आयोग स्रोतले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077