काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएका गल्ती सच्याइने बताएका छन् ।
समानुपातिक सूचीलाई लिएर पार्टीभित्रै तथा बाहिरबाट चौतर्फी आलोचना भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
पराजुलीले लेखेका छन्, 'सहमति अत्यावश्यक थियो। अन्तिम समयमा महत्त्वपूर्ण काम भए। समानुपातिक सूचीमा भएका गल्ती सच्याइनेछन्। सुशासन र विधि हाम्रो जग हो।'
पार्टीका नेता–कार्यकर्ता मात्र होइन, समर्थक र नागरिक तहबाट समेत समानुपातिक प्रणालीको मर्मअनुसार सूची समावेशी र निष्पक्ष नभएको आलोचना भइरहेको छ।