Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ कुलमान र रास्वपाबीचको ७ बुँदे सहमति

यस्तो छ कुलमान र रास्वपाबीचको ७ बुँदे सहमति

सोमवार , पौष १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा एक भएर जाने सहमति भएको छ । सोमबार राति सम्पन्न वार्तापछि तीन पक्षबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यी शक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीकै नाम र ‘घण्टी’ चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिनेछन् ।

सहमति पत्रमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले साक्षीका रूपमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार पार्टी एकीकरण पश्चात् रवि लामिछाने केन्द्रीय सभापति रहनेछन्। उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने सहमति भएको छ । घिसिङसँगै डीपी अर्याल र स्वर्णिम वाग्ले पनि उपसभापतिमा रहनेछन्।

तीन पक्षले २०८२ साल भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मर्मलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन् । सहमतिपत्रको पहिलो बुँदामै आन्दोलनका क्रममा घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने उल्लेख छ।

सहमतिपत्रमा उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यता प्रणालीको स्थापना, भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र इमानदार रूपमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।

एकतापश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने र चुनाव चिह्न पनि ‘घण्टी’ नै कायम रहने सहमति भएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ।

उज्यालो नेपाल पार्टीका युवा अभियन्ता र विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर पार्टी संरचनामा समायोजन गरिने पनि सहमतिमा उल्लेख छ।

सहमतिको अन्तिम बुँदामा लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि रास्वपामा आवद्ध हुन आह्वान गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077