काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच पार्टी एकताको सहमतिमा हस्ताक्षर भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) साक्षी बसेर रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
उनीहरूबिच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने लगायत ७ बुँदे सहमति भएको छ।
दुई पार्टीबीच भएको यो एकतालाई आगामी निर्वाचन लक्षित वैकल्पिक राजनीतिक शक्तिहरूको महत्वपूर्ण मिलनका रूपमा हेरिएको छ ।