काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष सोमबार बयान दिने भएका छन् ।
लेखकको सचिवालयका अनुसार सोमबार मध्याह्न १२ बजे आयोगमा उपस्थित भएर लेखकले बयान दिने भएका हुन् ।
साथै, लेखकले भोलि दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक गर्ने पनि जनाइएको छ ।