Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतको दाबी- काण्डै-काण्डका नाइके रविसंगको सहकार्यले बालेनको लोकप्रियता तीव्र गतिमा घट्छ

महेश बस्नेतको दाबी- काण्डै-काण्डका नाइके रविसंगको सहकार्यले बालेनको लोकप्रियता तीव्र गतिमा घट्छ

आइतवार , पौष १३, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नगरपालिका नै राम्रोसँग चलाउन नसक्ने व्यक्तिले देश चलाउन सक्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) बिचको गठबन्धनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले उक्त गठबन्धनले बालेनको स्वतन्त्र छविमा नकारात्मक असर पर्ने बताएका हुन्।

काण्डै-काण्डमा मुछिएका रवि लामिछानेसँगको सहकार्यले बालेनको लोकप्रियता तीव्र गतिमा घट्न सक्ने बताए ।

उनले फेसबुकमा लेखेका छन्- 'नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ। गगन आए, जवर्जस्त बासी बनाइए। काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए। लोकप्रियताको आडमा बालेन आए—तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ। अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ। बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रबि जस्तो बिबादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिब्र गतिमा घट्ने देखिन्छ।'

बस्नेतले बालेनको लोकप्रियता उनको स्वतन्त्र पहिचानसँग जोडिएको उल्लेख गर्दै विवादित नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण कमजोर हुने दाबी गरेका छन् ।

साथै पुराना दलको आलोचना गरेर मात्र सत्तामा पुग्ने प्रयास भइरहेको आरोप लगाउँदै बस्नेतले यसले जनसमर्थन कमजोर हुँदै जाने निश्चित रहेको बताए ।

'

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077