Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तारेख लिन चितवन पुगेका रविलाई प्रश्न- बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ?

तारेख लिन चितवन पुगेका रविलाई प्रश्न- बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ?

मंगलवार , पौष ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ र वैकल्पिक भनिएका शक्तिहरूसँग सहकार्यका लागि छलफल सुरु भएको बताएका छन्।

मंगलबार  मध्यरातमा रास्वपा सभापति रवि लामिछाने र बालेनबीच वार्ता भएको थियो । छलफलपछि रास्वपाका नेता अशिम शाहले वार्ता सकारात्मक ढंगले अघि बढेको संकेत गरे पनि छलफलबारे केही बाहिरिएको छैन । छलफलमा आगामी निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्री स्वीकार गरेर अघि बढ्ने सहमतिका लागि संवादको ढोका खोलिएको बताइएको छ । यद्यपि लामिछानेले भने आफूहरु त्यति परसम्म पुगेर छलफल गरिनसकेको बताए ।

सहकारी ठगी प्रकरणबारेको मुद्दामा तारेख लिन चितवन पुगेका लामिछानेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

उनले भने-'नयाँ र वैकल्पिक भनिएका शक्तिहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने प्रयासस्वरुप हामी लागिरहेका छौँ। यसलाई अब टुंगोमा पुग्ने गरी संवाद सुरु भएको छ ।'

उनले यस विषयमा अहिले नै हतार गर्न नहुने पनि बताए।

बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ? भन्ने प्रश्नमा लामिछानेले भने- 'हामी त्यसचरणमा प्रवेश गरेका छैनौँ। पहिला त एक अर्काको परिस्थिति बुझ्नुपर्यो, जानकारी लिन पर्‍यो। हामी दुई जना मात्रै बसेर गरेको संवादमा जसलाई जे स्वाद लाग्छ त्यही भनिदिन त भएन नि।'

उनले नयाँ शक्तिहरूलाई एकत्रित गर्ने सन्दर्भमा सुधन गुरुङ र ऊर्जा मन्त्री कुलमान घिसिङलगायतसँग पनि छलफल गर्ने बताए।​

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077