Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले लगाइदिएको गुन तिर्न अदालत धाइरहेको छु : रवि लामिछाने

ओलीले लगाइदिएको गुन तिर्न अदालत धाइरहेको छु : रवि लामिछाने

सोमवार , पौष ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार तारेख बुझ्न जिल्ला अदालत, काठमाडौं पुगेका छन्।

अदालतबाट फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू देशभरका अदालत धाइरहनु परेको कारण नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाइदिएको ‘गुन’ भएको भन्दै व्यंग्य गरे।

लामिछानेले ओलीको हालैको एक अन्तर्वार्तालाई संकेत गर्दै आफूले पाएको ‘गुन’ तिर्न अदालत धाइरहनुपरेको बताए।

उक्त अन्तर्वार्तामा ओलीले लामिछानेलाई आफूले गुन लगाइदिए पनि उनले त्यसलाई दुश्मनीका रूपमा लिएको टिप्पणी गरेका थिए।

त्यसप्रति कटाक्ष गर्दै लामिछानेले भने, “गुन लगाइदिनुभएको छ नि केपी ओलीजीले, ठूलो गुन लगाइदिएको भन्नुभएको छ। त्यही गुन तिर्न म सबै जिल्लामा सातै दिन जानुपर्ने छ। शरीरमा ठाउँ–ठाउँमा किला ठोके जस्तो भएको छ, शरीरभरी विष बाँकी नै छ, त्यसैको तयारी गरिरहेको छु।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077