Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेशी बुझ्न अदालत पुगेका रवि भने- ओलीजीले लगाएको गुन तिर्न अदालत धाउँदैछु

पेशी बुझ्न अदालत पुगेका रवि भने- ओलीजीले लगाएको गुन तिर्न अदालत धाउँदैछु

सोमवार , पौष ७, २०८२

काठमाडौं । सहकारीको मुद्दाको पेशी बुझ्न जिल्ला अदालत काठमाडौं पुगेका रास्वपाका सभापति रवि लामिछाने ओलीलाई व्यंग्य गर्दै गुन तिर्न आएको बताएका छन् ।

अदालतमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको गुन तिर्न आएको बताएका हुन् ।

लामिछानेले भने- 'केपी ओलीजीले गुन लगाइदिनुभएको छ, त्यही तिर्न आएको हुँ । जिउभरि किला ठोकेजस्तो भएको छ । ७ दिनभित्र बाँकी सबै अदालतमा गएर हाजिर गर्नुपर्ने हुन्छ ।दौडादौड चलिराख्या छ । बिष शरीरभरि बाँकी नै छ, त्यसका लागि तयारी गर्दैछु ।'

सातवटा जिल्लामा तारखेका लागि धाउनुपर्ने भन्दै उनले जिउभरि किला ठोकेजस्तो भएको बताए ।

ओलीले आइतबार एक टेलिभिजन अन्तरवार्तामा आफूले रविलाई धेरै गुन लगाएको तर रविले आफ्नो विरोध मात्रै गरेको गुनासो सुनाएका थिए । त्यसमा जवाफ दिँदै रविले सो प्रतिक्रिया दिएका हुन् ।

ओली नेतृत्वको सरकार हुँदा रविमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेको थियो । उच्च अदालत बुटवल इजलासको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका उनी सोही अदालतको आदेशमा गत शुक्रबार २ करोड ६८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077