काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको चुनावमा ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरेको छ ।
पार्टी सभापति रवि लामिछानेसहितका नेताहरुले आइतबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर समयमै चुनाव गर्नको लागि सम्पूर्ण शक्ति लगाउन आग्रह गरेका हुन् ।
रास्वपा सभापति लामिछानेसहितका नेताहरूले सरकारका गतिविधि चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सभापति लामिछानेले रास्वपा चुनावमा लागिसकेको र अरु राजनीतिक दलहरू पनि त्यसतर्फ अगाडि बढेको आफूलाई महसुस भएको जानकारी दिनुभएको थियो ।
जवाफमा प्रधानमन्त्री कार्कीले आफ्नो ध्यान फागुन २१ का लागि घोषित चुनाव सम्पन्न गराउनेमा मात्रै रहेको बताइन् । रास्वपाका नेताहरुले नवयुवाको आन्दोलनमा उठेका मागहरु सम्वोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।