Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्की नेतृत्वको सरकारले नैतिकता गुमायो, अब जेनजीका माग सर्वपक्षीय पहलबाट हुन्छ : महेश बस्नेत

कार्की नेतृत्वको सरकारले नैतिकता गुमायो, अब जेनजीका माग सर्वपक्षीय पहलबाट हुन्छ : महेश बस्नेत

आइतवार , पौष ६, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले नैतिकता गुमाएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत सचिव बस्नेतले यस्तो बताएका हुन् ।

उनले जेनजीको नाममा अहिलेको सरकार बनेको भन्दै बस्नेतले जेनजी नै आन्दोलनमा उत्रिएपछि सरकाको नैतिक हैसियत सकिएको बताए ।

'जेनजीको नाममा बनेको यो सरकारले अब नैतिकता गुमाएको छ र दलहरू सहित सर्वपक्षीय पहलबाट मात्र जेनजीको समस्या समाधान र मुलुकको निकास सम्भव छ,' उनले भने ।

जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा युवा समूहले प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई अपदस्त गरेर सर्वपक्षीय सरकार बनाउन माग गर्दै आन्दोलन संस्थागत गरेका बताउँदै उनले अब सुशीला कार्कीले सत्ता छाड्नु पर्ने बताए ।

मिराज ढुंगानाको नेतृत्वमा रहेको जेन–जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन–जी’ आन्दोलन घोषणा गरेको छ । आन्दोलनको पहिलो कार्यक्रम स्वरूप भोलि बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन आव्हान गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077